न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो



काठमाण्डौं । प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययनको माग गरेपछि पराजुलीको सिफारिस रोकिएको हो ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको थियो। ६ जनामध्ये पराजुली सबैभन्दा बरिष्ठ न्यायधीस हुन्।

न्याय परिषदले पराजुलीसहित न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।

पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद रहेकोबारे विवाद रहेको थियो। सोमबारको बैठकमा यसबारे पनि चर्चा भएको बताइएको छ। संवैधानिक परिषद्को अर्को बैठक असार १५ गते बस्नेछ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम