सम्साझै डाक्टरद्वारा साहित्यकार माथी एसिड प्रहार



काठमाडौं/ निजामती सेवाको उपल्लो पद मुख्य सचिब हत्याउउन एउटा गिरोह जमेर लागिपरेको छ ।एउटा सन्काहा व्यक्तीका लागी ब्यबस्था परिवर्तन गर्नु परेपनि तयार हुने जनाउ प्रधानमन्त्री शेर बहादुर देउवाले दिएपछी प्राबिधिक सचिवलाई म्यादी मुख्य सचिब बनाउन भित्र भित्रै डीजाइन भईसकेको छ ।

 

आपराधिक मानसिकताले ग्रसित एकजना चिकित्सकले चर्चित साहित्यकार पुण्यप्रसाद प्रसाई माथि तेजाब प्रहार गरि ज्यान लिने सम्मको हर्कत गरेका छन्।

काठमाडौं गोकर्णेश्वर–६ जोरपाटी बस्ने साहित्यकार प्रसाईमाथि एसिड तेजाब अक्रमण भएको हो । जोरपाटीमा आफ्नो घरमा जेठ २८ गते राति १० बजे कार रोकेर घरभित्र पस्ने बेलामा छिमेकी घरबाट आफूमाथि एसिड प्रहार भएको उनले बताएका छन् । आफूमाथि लक्षित गरी प्रहार भए पनि गाडीबाट निक्लिएकाले संयोगवश बाँचेको डिकुरा पब्लिकेसनका अध्यक्षसमेत रहेका प्रसाईले बताए । आफूलाई प्रहार भएको एसिड गाडीमा परेकाले गाडीको अग्रभाग जलेर खुइलिएको उनले जानकारी दिए ।

सो घटनाको भोलिपल्ट प्रसाईले महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी हाले । तर, रिपोर्ट लेखाएको चार दिनसम्म पनि वृत्तले कारबाही प्रक्रिया अघि नबढाएपछि प्रसाईले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आफूमाथि एसिड आक्रमण भएको जाहेरी दिएका छन् ।

प्रसाईले आफूमाथि एसिड आक्रमण गरेको आरोपमा कान्ति बाल अस्पतालका चिकित्सक सुदीप रञ्जित र उनका भाइ निरज रञ्जितविरुद्ध किटानी जाहेरी दिएका छन् । सडकमा गाडी राखेको विषयमा चिकित्सक रञ्जितले प्रसाईमाथि आक्रमण गरेको प्रसाईले वताएका छन् ।
यस्तै, उनले मुचुल्का उठाउन र चिकित्सक रञ्जितविरुद्ध उजुरी लिनसमेत नमानेको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतप्रसाद पुडासैनीलाई पनि विपक्षी बनाएर जाहेरी दिएका छन् । चिकित्सक रञ्जित र प्रसाई छिमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम जानकी मन्दिरमा

    राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका