निर्वाचन कुनै पनि शक्तिले रोक्न सक्दैन्ः पूर्वप्रधानमन्त्री खनाल



हाम्रो इकोनोमि

इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भन्नुभयो । “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उहाँले भन्नुभयो ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उहाँले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...