विद्युत् प्राधिकरणबाट निःशुल्क मिटरको व्यवस्था



हाम्रो इकोनोमि

इलाम । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलका अनुसार दलित समुदायले आर्थिक समस्याले वा अन्य विभिन्न कारणले विद्युत् मिटर लिनबाट वञ्चित भएकाले निःशुल्क मिटर कार्यक्रम ल्याइएको हो । “मिटर जडान गर्ने इच्छा भएर पनि मिटर राख्न नसकेकाका लागि यो कार्यक्रम राखिएको हो,” प्राधिकरण प्रमुख सिग्देलले रासससँग भन्नुभयो ।

सिग्देलका अनुसार तोकिएका दलित समुदायलाई निःशुल्क मिटरसहित कालो तार र मिटर बाकस दिने प्रावधान छ । प्राधिकरणका अनुसार चालु आवमै सबै दलित समुदायका व्यक्तिलाई निःशुल्क मिटर दिइनेछ ।

जिल्लामा गत वर्ष विभिन्न समस्याले विद्युत् मिटरको अभाव थियो । त्यसैकारण ग्राहकको मागअनुसार मिटर दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

कार्यालयका अनुसार भारतीय नाकाबन्दीले गर्दा मिटर आयात शून्य भएपछि जिल्लामा मिटर माग गर्ने ग्राहकको सङ्ख्या बढेको थियो । यस वर्ष भने मिटरको समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...