मनोनयन दर्ता सम्पन्न,छानिने भए ३३४ जनप्रतिनिधी



काठमाडौँ / ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुन लागेको दोस्रो चरणको निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएको छ। आज बिहान ८ बजेदेखि सुरु भएको मनोनयन प्रक्रियामा कपिलवस्तुको बाडगंगा नगरपालिकामा बाहेक सबै जिल्लाका स्थानीय तहमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जानेको छ।

देशभरीका ७ सय ४४ तहमध्ये पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भई चितवनको भरतपुर महानगरपालिका बाहेक सबै तहको परिणाम सार्वजनिक भइसकेको छ। प्रदेश नम्बर १, ५ र ७ मा पर्ने एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफ्ना कार्याकर्ता र समर्थकसहित उत्सवकै रुपमा मनोनयन दर्ता गरेका छन्।

दोस्रो चरणमा बाँकी प्रदेशका स्थानीय तहमा असार १४ गते निर्वाचनको मिति तय भएपनि तराई मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीले चर्को विरोध जनाएपछि प्रमुख दलबीच भएको सहमतिका आधारमा सरकारले प्रदेश नम्बर २ का ८ जिल्लामा पर्ने स्थानीय तह निर्वाचन असोज २ गते तेस्रो चरणमा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।