कपिलवस्तुमा शक्तिशाली बम विस्फोट, दर्जन घाइते



काठमाडौँ / कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिकाको गजेहाडामा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराइरहेको बेला बम विस्फोट हुँदा ६ जना व्यक्ति घाइते भएका छन्।

कपिलवस्तुबाट कांग्रेस सांसद अतहर कमाल मुसलमानले दिएको प्रारम्भिक जानकारी अनुसार बाडगंगा गाउँपालिकामा मनोनयन दर्ता भइरहेको बेलामा अज्ञात समूहले साइकलमा छाडेर गएको बम विस्फोट भएकाे हाे।

उक्त घटनामा ४ जना शिकिस्त र २ जना सामान्य घाइते भएका जानकारी आफूले पाएको कपिलवस्तु महाराज गणका एक प्रहरी अधिकृतले बताए।

उक्त गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भए अनुसार अध्यक्षमा कांग्रेसका मंगलप्रसाद थारु र उपाध्यक्षमा माओवादीका उम्मेदवारले मनोनयन दर्ता गर्दै थिए।

भारतको सिमा नजिक पर्ने उक्त स्थानमा भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
साना दोकान बन्द गरौं, कांग्रेस-एमाले मिलौं : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना

काठमाडौं महानगरपालिकाले दियो यस्तो चेतावनी

    काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई

प्रधानमन्त्री दाहाल र खनालबीच छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित

एमाले अध्यक्ष ओली इलाम जाँदै

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम