समृद्ध इटहरी निर्माणका लागी प्रकाशको उम्मेदवारी



हाम्रो इकोनोमि

काठमाडौं /  पत्रकारितामा स्थापित नाम,इमान्दारितामा लोभलाग्दो कमाएको इनाम, ख्याती र पुरस्कारको चांङले चुलिएको नाम यतिबेला चुनाबी चटारोमा छ। पत्रकार महासंघको केन्द्रिय सदस्य हुदै नेपाली कांग्रेसको महासमिती सदस्यको परिचय बनाईसकेका उनै प्रकाशचन्द्र परियार यतिबेला साझा पार्टीको तर्फबाट स्थानीय तहको चुनावमा इटहरी उप–महानगरपालिकाको उप–प्रमुखको उम्मेदवार बनेका छन्।

अमेरिका, अस्ट्रेलियामा अध्ययन गरेका फरासिला परियारले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । कुनै नैतिक र सामाजिक रुपमा प्रश्न गर्न सक्ने आधारनै नराखेका परियार स्वच्छ छविको ,निश्कलंक युवाका रुपमा सिंगो नेपालमा परिचित छन्। समृद्ध इटहरी निर्माणका लागी उम्मेदवारी दिएको बताउने परियारले टहरा रहित इटहरी बनाउने संकल्प गरेका छन् । यसका अतिरिक्त इन्जिनियरिङ इन्फ्रास्त्रक्चर सहितको इटहरी, टहरा रहित इटहरी, हरियाली सहितको इटहरी र रिङरोड सहितको इटहरी निर्माणको लक्ष्य सहित त्यसको प्रप्तिका लागि उम्मेदवारी दिएको बताउने परियारलाई मतदाताले बिबेक पुर्याएर मतदान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...