चार गाउँपालिकामा राजपाले उम्मेदवारी दर्ता गरायो



काठमाडौं / निर्बाचन बहिष्कारमा लाठी मुंग्री लिएर सडकमा उत्रिएको राजपाले रुपन्देहीका स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता गरेकाे छ।मर्चवार क्षेत्रमा पर्ने चारवटा गाउँपालिकामा राजपाका स्थानीय नेता कार्यकर्ताले आइतबार बिहानै सबै भन्दा पहिले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेको स्थानीय नेता कार्यकर्ताले बताए।

राजपाका सांसद सर्वेन्द्रनाथ सुक्लाको निर्वाचन क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकामा अशोक शुक्ला, मर्चवार गाउँपालिकामा राजकुमार सिंह, कटहीमाइ गाउँपालिकामा बालकिसुन त्रिपाठी, मायादेवी गाउँपालिकामा रामआधार यादवले उम्मेदवारी दिएका हुन्। अन्यत्र पनि राजपाका कार्यकर्ताले धमाधम स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कैलाश ढुंगेल र कृष्ण दाहालको प्यानल बन्दै, सबै पदमा निर्वाचन हुने

      नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अन्ततः सबै

यी हुन् एमाले बागमती प्रदेशका पदाधिकारी उम्मेदवार- अध्यक्षमा ५ जना, अन्यमा कति ?

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ

बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता

प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा