प्रहरी र राजपा कार्यकर्ताबीच झडप पाँच घाईते



हाम्रो इकोनोमि

नवलपरासी। नवलपरासीमा हिजो राष्ट्रिय जनता पार्टी ९राजपा० र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन्।
घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आज आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो।

झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन्।

यसैगरी प्रहरीको झडपमा परी नवलपरासी क्षेत्र नं– ६ का रामेश्वर कुशवाह घाइते भएको संयुक्त मधेसी मोर्चाका जिल्ला संयोजक मुकुर्जी गिरीले जानकारी दिए। घाइतेको परासी अस्पतालमा उपचार भइरहेको छ ।

सभा चल्दै गर्दा सभा नजिकै रहेको मध्यनेपाल यातायात व्यवसायी समितिको काउन्टरमा राखिएको नेकपा ९एमाले०को टिसर्टको पोकोलाई राजपाका कार्यकर्ताले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।

प्रहरीले राजपाका कार्यकर्ता देवगाउँका हैदर अलि मोमिन र राजेन्द्र तिवारीलाई पक्राउ गरेको छ। सभालाई राजपाका संयोजक मण्डलका सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, वरिष्ठ नेता हृदयश त्रिपाठीलगायतले सम्बोधन गरेका थिए । संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा सो झडप भएको हो । झडपपछि राजपाका शीर्ष नेतालाई सुरक्षाकर्मीले परासीकै एक होटेलमा सुरक्षित पुर्‍याएका थिए।

नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...