जहाज किन्न निगमले ८ अर्ब जर्मनी पठायो



हाम्रो इकोनोमि

काठमाडौ । नेपाल एयरलाइन्सलाई दुई ठूला जहाज किन्नकालागि शुक्रबार पहिलो किस्ताबापत ७९ मिलियर डलर ८ अर्ब १३ करोड ७० लाख रुपैयाँ पठाइएको छ ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार यो रकम काठमाडौंस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत जर्मनीमा रहेको एजेन्ट नर्टन रोज फुलब्राइटको खातामा पठाइएको हो । नर्टन रोजको नाममा मध्यस्थ खाता स्क्रु एकाउन्ट खोलिएको छ । निगमलाई जहाज उपलब्ध गराउने हाइफ्लाईले आफ्ना दुई सहएजेन्टसमेतको प्रतिनिधित्व हुने गरी जर्मनीमा खोलेको यो खातामा रकम पुगेपछी निगम र हाईफ्लाईको सहमतिमा जहाज निर्माता कम्पनी एयरबसको खातामा रकम जाने छ ।

ध्वजावाहक निगमले गत फागुन ४ मा कमिटमेन्ट रकमअन्र्तगत एक मिलियन १० करोड ३३ लाख  रुपैयाँ बैना पठाइसकेको छ । ‘पहिलो किस्ता ८० मिलियन पठाउने सहमती अनुसार रकम पठायौं, आगामी विहीबारसम्म त्यो रकम एयरबसको खातामा पठाउने छौं,’ निगमका एक अधिकारीले भने ।

निगमले बाँकी १६ अर्ब रुपैयाँँ जहाज ल्याइनुअघिको अन्तिम एक महिना अगाडी भुक्तानी गर्नेछ । निगमलाई जहाज दिलाउने एएआरले जहाजको स्लट नम्बर दिइसकेको छ । प्रि–डेलिभरी रकम पठाएपछि एयरबसको वेबपेजमा अर्डर गरिएका जहाजको विवरण देखिने निगमले दाबी गरेको छ ।

गत चैत २५ मा २१ अर्ब ९० करोड रुपैयाँमा दुइटा जहाज खरिद गर्न निगमले हाइफ्लाई, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिदरबिक्रि सम्झौता गरेको थियो ।

निगमले यसैसाता वार्षिक ९ प्रतिशत ब्याजदरका आधारमा नागरिक लगानी कोषसँग र कर्मचारी सञ्चय कोषसँग १२र१२ अर्ब गरी २४ खर्ब ऋण सम्झौता गरेको छ । यो रकम जुटेसँगै नेपाल एयरलाइन्सलाई एयरबसको वाइड बडी ए ३३०–२०० सिरिजका दुइटा जहाज किन्न बाटो खुलेको थियो ।

कान्तिपुर दैनिकबाट

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...