नेपाल आएर फ्रेन्च प्रहरीको अनुसन्धान



काठमाडौँ । पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो ।

फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरीको टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता स्वदेश फर्किएको छ ।

कुख्यात फ्रेन्च बालयौन दुराचारी फिलिप पटक–पटक नेपाल आएको खुलेपछि यहाँ उनको गतिविधि अध्ययन गर्न फ्रेन्च प्रहरी नेपाल आएको हो । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ ।

सिआइबीसँग मिलेर अनुसन्धान
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०सँग मिलेर उनीहरूले अनुसन्धान गरेका हुन् । उनीहरूलाई साथी नामक संस्थाले अनुसन्धानमा सघाएको थियो । अनुसन्धानको क्रममा फिलिपबाट पीडित १४ जना बालकको पहिचान भएको छ । उनीहरूमध्ये अधिकांश सडकबालक छन् । सबै बालकमाथि भएका यौन दुव्र्यवहारका विवरण उनीहरूले लिएर गएका छन् । मुद्दालाई बलियो बनाउन उनीहरू नेपाल नै आएर अनुसन्धान गरेका हुन् ।

पारस्परिक कानुनी सहायता सम्झौताअनुसार आफूहरूले फिलिपबारे फ्रेन्च प्रहरीलाई सूचना दिएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए । फ्रेन्च प्रहरीले पठाएको कानुनी सहायतासम्बन्धी सम्झौतामा कानुन मन्त्रालयले स्वीकृत गरेपछि उनीहरूलाई नेपालमा आएर अनुसन्धान गर्न अनुमति दिइएको हो । अनुसन्धानमा सिआइबीका अधिकारीहरूले सघाएका थिए ।

बालकहरूसँग अप्राकृतिक यौन गतिविधि
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिलिप समाजसेवीका रूपमा नेपाल आएर बसेका थिए । गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ । होटेलहरूमा लगेर उनले बालकहरूसँग अप्राकृतिक यौन गतिविधि गर्दथे । समाजसेवीको आवरणमा लामो समय बसेका उनी ‘सेता ब्वाँसो’ उपनामले चिनिन्थे । कतिपयले उनलाई फिलिप अंकल भन्थे ।

फ्रान्समा पनि धेरैजना बालकमाथि यौन दुराचारको आरोप लागेपछि उनी फरार भएका थिए । इन्टरपोलले उनीमाथि रेडकर्नर नोटिस जारी गरेको थियो । रेडकर्नर नोटिस जारी गरेको १० वर्षपछि उनी केही महिनाअघि पक्राउ परेका हुन् । नेपाल तथा कम्बोडियामा समेत उनले बालयौन दुराचार गरेको खुलेको छ ।

नेपालमा ०७० मा पारस्परिक कानुनी सहायता ऐन आएको हो । सोही ऐनअनुसार नेपाल प्रहरीले अनुसन्धानमा साझेदारी तथा सूचनाको आदानप्रदान गरेको हो । जसअनुसार नेपालले पनि कुनै देशसँग कुनै अपराधविशेषको अनुसन्धान गर्न पारस्परिक कानुनी सहायता लिएर सम्बन्धित देशमै गएर अनुसन्धान गर्न सक्दछ । यसले अन्तरदेशीय अपराध नियन्त्रणमा सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्