प्रधानमन्त्रीको गृह जिल्लामा निर्वाचनको लहर



काठमाण्डौं । स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिरहेका छन् ।

नेकाले एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ भने एमाले र माओवादी केन्द्रले नेकालाई मुख्य प्रतिस्पर्धी ठानिरहेका छन् । दशकौँंदेखि सुदूरपश्चिम काँग्रेसको पकडक्षेत्रका रुपमा हेरिँदै आइएको डडेल्धुरामा संसदीय निर्वाचनमा काँग्रेसले एकलौटी विजय हासिल गर्दै आएकाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दुईवटा नगरपालिकासहित सातवटै तहमा आफ्नो पक्षमा आउनेमा पार्टी पङ्क्ति आशावादी देखिएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन गाविसमा विजयी हासिल गरेको एमालेले पनि यहाँका अधिकांश नगर र गाउँपालिकामा यसपटक पनि विजयी हुने दाबी गर्दैआएको छ ।

काँग्रेसभित्रको टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउने रणनीतिमा अन्य दल रहेका छन् । माओवादी केन्द्रले पनि डडेल्धुरा जिल्लाभर चुनावी घरदैलोलाई तीव्रताका साथ अघि बढाइआएको छ । डडेल्धुराका अधिकांश तहमा प्रमुख तीन राजनीतिक दलबीच नै चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । उता, काँग्रेस नेताले भने आफ्नो मुख्य प्रतिस्पर्धी एमाले रहेको जनाइरहेका छन् ।

काँग्रेस महासमिति सदस्य गोविन्दराज बोहराले आलिताल गाउँपालिकामा माओवादीसहित र बाँकी ६ वटै तहमा एमालेसँग प्रतिस्पर्धा हुने दाबी गर्नुभयो । डडेल्धुराका मतदाताले घरदैलोमा पुग्ने दलका उम्मेदवारसँग रोजगारीको व्यवस्था र आयमूलक कार्यक्रमको माग गरिरहेका छन् । “सडक, खानेपानी लगायत अन्य सुविधा भन्दा बेरोजगारी निर्मूल पार्ने खालका प्याकेज माग गर्दैछन्” महासमिति सदस्य बोहराले भन्नुभयो – “विकास निर्माणलाई पनि अगाडि बढाएर डडेल्धुरालाई नमुना जिल्ला बनाउँछौं ।”

नमुना जिल्ला बनाउन पार्टी र उम्मेदवारसँग स्पष्ट खाका रहेको बोहराको भनाइ छ । डडेल्धुरामा भड्किलो चुनावी प्रचारमा जोगबुढास्थित परशुराम नगरपालिका अगाडि रहेको छ । परशुरामसँगै आलिताल गाउँपालिकामा पनि चुनावी माहोल अन्यत्र भन्दा बेग्लै छ । डडेल्धुराको सदरमुकाम बाजगजार र आसपासको क्षेत्र चुनावी उत्सवले छपक्कै छोपिएको छ ।

विभिन्न राजनीतिक दलले चुनावी प्रचारलाई निकै भड्किलो बनाएका छन् । तराईका कैलाली र कञ्चनपुर भन्दा पहाडी जिल्लामा चुनावी माहोलमा रौनकता देखिएको छ । कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको भीमदत्त राजमार्गका छेउछाउका बस्ती र बजारमा चुनावी चहलपहल निकै देखिएको छ । परशुराम नगरपालिकाका लोपोन्मुख जाति राउटेदेखि अन्य मतदाता मतदान गर्नका लागि हौसिएका छन् । एमालेका पार्टी सचिव धनबहादुर साउदले डडेल्धुरामा एमालेको मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने बताउनुभयो ।

यहाँको अजयमेरु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारसमेत रहेका सचिव साउदले सातवटै तहमा काँग्रेससित चुनावी लडाइँ हुने बताउनुभयो । मतदाताले सक्षम पार्टी र योग्य उम्मेदवार खोजिरहेको र सडक, खानेपानी, स्वास्थ्य जस्ता पूर्वाधारको माग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्र प्रदेश नं ७ का सचिवालय सदस्य उमेशप्रसाद भट्टले डडेल्धुराका स्थानीय तहमा माओवादीको प्रतिस्पर्धा नेपाली काँग्रेससँग हुने दाबी गर्नुभयो । “हाम्रो मुख्य प्रतिस्पर्धी काँग्रेस हो,” भट्टले भन्नुभयो –“यहाँको परशुराम, आलिताल र अजयमेरु हाम्रा पकड क्षेत्र हुन् ।” पार्टीले दुई महिनाअघि नै सबै तहका उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको जानकारी दिँदै उहाँले पार्टी पङ्क्ति एक ढिक्का भएर चुनावमा होमिएको बताउनुभयो ।

आफूहरु जितेमा सडक, बिजुली, खानेपानी, सञ्चारलगायतका पूर्वाधारको विकास गरी नमुना गाउँ÷सहर बनाउने आफूहरुको योजना रहेको उहाँले बताउनुभयो । चांैथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलको चुनावी प्रचारप्रसार भने न्यून देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम