शहरी विकास मन्त्रालयको चाबी पाए प्रभु साहले



हाम्रो इकोनोमि

काठमाडौँ / विनाविभागीय मन्त्री प्रभु साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्रालयको जिम्मा दिएका छन्।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्श पश्चात प्रधानमन्त्री देउवाले साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय शुक्रबार गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

संसदबाट जेष्ठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि जेष्ठ २४ गते तीन जना उपप्रधान तथा ४ जना मन्त्री नियुक्त गरेका देउवाले माओवादी नेता साहलाई विनाविभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारको कार्य दोस्रो चरणको स्थानीय तह निर्वाचन पछि गर्ने भने पनि माओवादी, कांग्रेस र राप्रपाले मन्त्रिमण्डल विस्तारका लागि दबाब दिइरहेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...