बाढी पहिरोमा १५४ को मृत्यु !



बंगलादेश । दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ ।

एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ ।

संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको बताइएको छ ।

पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता दिएको र हराएकाको खोजीलाई स्थगित गरेको स्थानीय अग्नीनियन्त्रक प्रमुख दिदारुल अलामले एएफपी समाचार समितिलाई बताएका छन् ।

पहिरो प्रभावित इलाकामा १ मिटरसम्म हिलोमाटो जमेर रहेको र सो माटोमा शवहरु पुरिएको पुष्टि नभएको स्थानीय बासिन्दाले जानकारी दिएपछि खोजी कार्य रोकेको अलामले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको

सौराहाका हात्तीलाई वनभोजमा

    अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा