कपिलसँगको झगडापछि सुनिल अबको कार्यक्रममा कृष्णासँग देखिने



हाम्रो इकोनोमि

काठमाण्डौं । कपिल शर्मासँग झगडापछि सुनिल ग्रोवरको करियर सोनी टेलिभिजन र लाइभ कार्यक्रमले थामिरहेको छ । एक स्रोतका अनुसार सुनिल चाँडै नै आफ्नो कार्यक्रम ल्याउँदैछन् जसमा उनीसँग कपिलका प्रतिद्वन्द्वी भनिने कृष्णा अभिषेक पनि हुनेछन् ।

उक्त कार्यक्रममा कृष्णासँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्रा पनि साथ हुने अनुमान गरिएको छ ।

इंडियन एक्सप्रेसले जानकारी दिए अनुसार सोनी चाँडै नै आफ्नो एक नयाँ कार्यक्रम भित्र्याउने तयारीमा छ जसमा कृष्णा पनि सँगै रहनेछन् ।

केही दिन अघि कपिलले आफ्ना प्रशंसकसँग आफू सुनिलसँग नरिसाएको र उनले चाहेको बेला कार्यक्रममा फिर्ता हुनका लागि सधैं ढोका खुल्ला रहेको बताएका थिए तर सुनिल भने कुरा मिलाउने मूडमा नै छैनन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...