निर्वाचन सार्न प्रधानमन्त्रीलाई कांग्रेसभित्रबाटै दबाब



हाम्रो इकोनोमि

काठमाडौँ । स्थानीय निर्वाचन सार्नको लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टी भित्रैबाट दबाब आउन थालेको छ ।

१४ असारका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न दबाब आएको हो । प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद् र केन्द्रीय सदस्यले आन्दोलनबीच निर्वाचन नगर्न प्रधानमन्त्रीलाई दबाब बढाएका छन् ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भेटेर उनीहरूले प्रदेश नं २ मा यथास्थितिमा निर्वाचन गराउन कठिन भएको भन्दै निर्वाचन रोकेर पहिले समस्या समाधानको पहल गर्न दबाब दिएका हुन् । तराई मधेसका जिल्लामा राजपा नेपालको आन्दोलनले परिस्थिति प्रतिकुल बन्दै गएको जानकारी प्रधानमन्त्रीलाई गराएको भेटमा सहभागी केन्द्रीय सदस्य आनन्द ढुंगानाले जानकारी दिए ।

केन्द्रीय सदस्य तथा सांसदहरूले असन्तुष्ट पक्षलाई मिलाएर लैजान बढीमा दश दिन निर्वाचन सार्न वा प्रदेश नम्बर २ का ८ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्न सुझाव दिएका छन् ।

नयाँपत्रिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...