बस दुर्घटनामा १० को मृत्यु



काठमाडौँ । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।

कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताउनुभयो । मृत्यु हुने यात्रुको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा

एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान

      नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित

एमाले बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री