ओनसरी लाई साक्षी राखेर महन्थ फकाउन सुरु



हाम्रो इकोनोमि

काठमाडौं /असन्तुष्ट मधेसी दल राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने उद्देश्यले डाकिएको प्रमुख चार दल र राजपा शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

सभामुख ओनसरी घर्तिमगरको सिंहदरबारस्थित कार्यकक्षमा केहीबेर अघि शुरु भएको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुसँग वार्ता सुरु गरेका हुन्।

आफूहरुले उठाउदै आएको संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका मागहरु सम्बोधन नगरी असार १४ गतेको स्थानीय तह निर्वाचन हुन नसक्ने भन्दै आन्दोलनमा होमिएको राजपालाई फकाएर सहमतिको प्रयास गर्न चार दलका शीर्ष नेताहरुले आजको बैठक तय गरेका थिए।

जनकपुर जाने तयारीमा रहेका राजपा अध्यक्ष महन्थ ठाकुर लाइ अनुरोध गरेर बैठकमा बोलाईएको हो।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...