चुनाव सारे देउवालाई अर्को तक्मा :एमाले



हाम्रो इकोनोमि

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग पूरा गर्नकै लागि असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ ।

एमाले स्थायी कमिटीको बुधबार बसेको बैठकमा राजपाका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ ।

तर, पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनावको उम्मेदवारीको पूर्वसंध्यामा स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, ‘भोलि चुनावपछि आवश्यकता र औचित्यका आधारमा आयोग बनाएर देशब्यापी अध्ययन गर्न सकिन्छ ।’

प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ ।

साथै उम्मेदवारको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र रक्षा गर्ने र जनताले मताधिकार प्रयोग गर्ने सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

चुनाव सार्नु पर्ने प्रस्तावमा एमालेको सहमति नहुने भन्दै सचिव योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीमाथि इतिहासबाट असक्षमताको प्रश्न लाग्दै आएको छ । यदि यो चुनाव तलमाथि भयो भने असक्षमताको अर्को तक्मा पाउनुहुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...