दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा



हाम्रो इकोनोमि

काठमाडौं ।दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुले कुनै पनि हालतमा असार १४ को चुनाब सारेर राजपा समेतको सहभागितामा चुनाब गराउनु पर्ने अड्डी लिएका छन्।नेता बिमलेन्द्र निधीको सक्रियतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तत्काल राजपालाई सहमतिमा ल्याएर निर्वाचन गराउन आग्रह गरेका हुन् ।

असार १४ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा टिकट वितरणबारे छलफल भइरहेको समयमा पार्टी मुख्यालय सानेपामा पुगेका तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता तथा सांसदहरुले यथास्थितीमा निर्वाचन गराउन कठिन भएको जानकारी प्रधानमन्त्री देउवा र दलका अन्य नेतालाई दिएका थिए।
एकैचरणमा हुने भनिएको निर्वाचन दुई चरणमा हुन सक्छ भने अझै पनि असहज परिस्थितीमा असन्तुष्ट पक्षलाई मिलाएर सहज वातावरणमा निर्वाचन गराउन सकिन्छ, त्यस्ता जिल्लामा तेस्रो चरणमा निर्वाचन गराउन समेत उनीहरुले आग्रह गरेका थिए।

आज चार बजे बस्ने बैठकले के गर्ने बन्ने निर्णय गर्छ भन्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा त्यहाँ बाट बहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...