ओली भेट्न किन रातारात पुगे प्रचण्ड सुमार्गीको घरमा



हाम्रो इकोनोमि

काठमाडौं ।हिजो राती नौ बजिसकेको थियो एकाएक लाजिम्पाट निवाश बाट बहिरिएका माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड सोझै आफ्ना ब्यापारिक साझेदार अजयराज सुमार्गीको घर पुगे। त्यहाँ उनलाई कुरेर बसेका थिए एमाले अध्यक्ष केपी शर्मा ओली। सार्वजनिकरुपमा एक अर्काका कटु आलोचकका रुपमा चिनिएका दुबैले १ घण्टा लामो गोप्य मन्त्रणा गरे ।

दुई नेताबीच भएको ‘वान टु वान’ भेटघाटमा निर्वाचन सार्ने बिषयमा कुरा भएको र आज चार बजे हुने राजपाको निर्णायक बार्तामा चुनाब सर्ने बचन राजपालाई दिनु पर्ने र त्यसका लागी एमाले तयार रहेको बचन दिनु पर्ने बिषयमा दाहालले कुरा राखेको श्रोतको भनाइ छ । ओलीले चुनाब सार्न नसकिने तथ्य प्रस्तुत गरे पनि स्थाई समितीको बैठकमा कुरा गर्ने बचन ओलीले दिए पछी दुइ नेताहरु बीच अन्य बिषयमा कुराकानी भएको श्रोतको भनाइ छ। सोही बिषयलाई लिएर एमाले स्थायी समितीको बैठक बसिरहेको छ। राजपाले भने बमोजिम चुनाब सार्न अन्य दलहरु तयार देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...