राजपाका नेताहरु निर्णायक वार्ता छल्दै, क-कसले छोडे काठमाडौं?



हाम्रो इकोनोमि

काठमाडौं/आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलले वार्तामा आउन आह्वान गरेपनि राजपाका नेताहरु आज साझा हुने भनिएको निर्णायक वार्तामा सहभागी नहुने भएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका राजेन्द्र महतोले आफू आन्दोलनमा सरिक हुन आज जिल्ला जान लागेकोले साँझको वार्तामा अनुपस्थित रहने बताए। महतोले वार्ताको कुनै आवश्यकता नभएको बताएका छन्।

 

सिंहदरबारमा मंगलबार बसेको एमालेसहित चार दलको बैठकले बुधबार दिउँसो चार बजे वार्तामा आउन राजपालाई आह्वान गरेको हो । बैठक पछि प्रमुख दलका नेताहरुले राजपाका नेताहरुलाई टेलिफोन गरी बुधबार चार बजे छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् । तर राजपाका नेता महतोले अहिलेकै अवस्थामा वार्तामा जानुको औचित्य नरहेको बताए । महतोले भने,‘वार्ता के का लागि ? हाम्रो माग सरकारलाई थाहा नै छ । वार्ताको नाटक आन्दोलनलाई मत्थर पार्ने जालझेल हो । त्यसकारण हामी अहिलेकै अवस्थामा वार्तामा जाँदैनौं ।’

आज चार बजे हुने भनिएको वार्ता छल्न महतो बिहानै बीरञ्ज हुँदै विराटनगर सम्मका लागी हिडेका छन् भने महन्थ ठाकुर जनकपुर जाने तरखरमा छन्

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...