राजपाका नेताहरु निर्णायक वार्ता छल्दै, क-कसले छोडे काठमाडौं?



हाम्रो इकोनोमि

काठमाडौं/आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलले वार्तामा आउन आह्वान गरेपनि राजपाका नेताहरु आज साझा हुने भनिएको निर्णायक वार्तामा सहभागी नहुने भएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका राजेन्द्र महतोले आफू आन्दोलनमा सरिक हुन आज जिल्ला जान लागेकोले साँझको वार्तामा अनुपस्थित रहने बताए। महतोले वार्ताको कुनै आवश्यकता नभएको बताएका छन्।

 

सिंहदरबारमा मंगलबार बसेको एमालेसहित चार दलको बैठकले बुधबार दिउँसो चार बजे वार्तामा आउन राजपालाई आह्वान गरेको हो । बैठक पछि प्रमुख दलका नेताहरुले राजपाका नेताहरुलाई टेलिफोन गरी बुधबार चार बजे छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् । तर राजपाका नेता महतोले अहिलेकै अवस्थामा वार्तामा जानुको औचित्य नरहेको बताए । महतोले भने,‘वार्ता के का लागि ? हाम्रो माग सरकारलाई थाहा नै छ । वार्ताको नाटक आन्दोलनलाई मत्थर पार्ने जालझेल हो । त्यसकारण हामी अहिलेकै अवस्थामा वार्तामा जाँदैनौं ।’

आज चार बजे हुने भनिएको वार्ता छल्न महतो बिहानै बीरञ्ज हुँदै विराटनगर सम्मका लागी हिडेका छन् भने महन्थ ठाकुर जनकपुर जाने तरखरमा छन्

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...