यसरी हुँदै छ सुमार्गीको ‘कालो धन’ फुकुवा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा होस् वा अर्थ मन्त्रालयमै हिजोआज विवादास्पद व्यापारी अजेयराज सुमार्गीको नाममा आएर नेपालको एउटा बैंकमा थन्किएर बसेको ३ अर्ब ५० करोड ‘कालो धन’ लाई कसरी फुकुवा गर्ने भन्ने चर्चाले स्थान पाउँदै आएको छ ।

केही दिनअघि मात्रै अर्थ सचिव डा। शान्तराज सुवेदीले अर्थमन्त्री कृष्णबहादुर महरालाई सोधे, ‘सुमार्गीजीको रकम फुकुवा गर्नेबारे प्रस्ताव तयार पारौं रु’ तर, महराले उनलाई जवाफ दिँदै भने, ‘हामीले होइन, यो प्रस्ताव माथिबाटै आउँछ ।’
अर्थमन्त्री महराले भनेजस्तै ‘माथि’ अरू कुनै ठाउँ नभएर प्रधानमन्त्री दाहालकै निवास थियो । करिब तीन वर्षअघि नै भर्जिन आइल्यान्डबाट नेपालमा दर्ता नै नभएको व्यापारी सुमार्गीको नामको एउटा कम्पनीमा ११ अर्बजति रकम आएको थियो । त्यसमध्ये ३ अर्ब ५० करोड नेपाल इन्भेस्टमेन्ट बैंकमा थन्किएर बसेको छ । व्यापारी सुमार्गीको नाममा स्रोत नखुलेको त्यति रकम गैरकानुनी तवरबाट आए पनि उक्त रकम उनको मात्रै नरहेको बताइन्छ । त्यति ठूलो रकम नेपालकै केही ठूला राजनीतिज्ञका साथै गैरआवासीय नेपालीहरूको रहेको बताइँदै आएको छ ।

साढे ३ अर्ब रूपैयाँ विदेशबाट आएर नेपाल इन्भेस्टमेन्टमा जम्मा भएपछि सुमार्गीले त्यही रकमलाई धितो राखेर सो बैंकबाट २ अर्ब ऋण भने दुई वर्षअघि ऋण लिएका थिए । गोपालप्रसाद काफ्ले कायममुकायम गभर्नर रहेका बेला उनले नै पहल गरेर सुमार्गीले २ अर्ब ऋण लिएका थिए । तर, उनलाई अचेल २ अर्बको ब्याज तिर्ने समस्याले पिरोलिरहेको बताइन्छ । उनले दुई वर्षको अवधिमा करिब ८० करोडजति त ब्याज मात्रै तिरिसकेको सूत्रको दाबी छ । बरु, ४०–५० करोड खर्च गर्ने तर थन्किएर बसेको रकमलाई फुकुवा गर्ने पक्षमा सुमार्गी रहेको बताइन्छ । उनी अहिले त्यही अभियानलाई पूरा गर्न मन्त्रिपरिषद्बाट नै निर्णय गर्न लगाउने पक्षमा रहेका छन् ।

नेपाल राष्ट्र बैंकका सञ्चालकहरू पनि सुमार्गीको रकम फुकुवा गर्ने पक्षमा छन् । तर, राष्ट्र बैंकका सञ्चालकहरूले सिधै निर्णय गर्दा आफूहरू मुछिने ठानेर मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउन पहल गरेको बुझिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय ऐनको दफा १५ मा विदेशबाट आएको तर स्रोत नखुलेको रकम सरकारले निर्णय गरेर फुकुवा गर्न सक्ने कुरा उल्लेख भएको हुँदा त्यही दफामा टेकेर सुमार्गीको नाममा आएको ‘कालो धन’ फुकुवा गर्ने तयारी भइरहेको बताइन्छ ।    बुधबार साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले