यसरी हुँदै छ सुमार्गीको ‘कालो धन’ फुकुवा



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा होस् वा अर्थ मन्त्रालयमै हिजोआज विवादास्पद व्यापारी अजेयराज सुमार्गीको नाममा आएर नेपालको एउटा बैंकमा थन्किएर बसेको ३ अर्ब ५० करोड ‘कालो धन’ लाई कसरी फुकुवा गर्ने भन्ने चर्चाले स्थान पाउँदै आएको छ ।

केही दिनअघि मात्रै अर्थ सचिव डा। शान्तराज सुवेदीले अर्थमन्त्री कृष्णबहादुर महरालाई सोधे, ‘सुमार्गीजीको रकम फुकुवा गर्नेबारे प्रस्ताव तयार पारौं रु’ तर, महराले उनलाई जवाफ दिँदै भने, ‘हामीले होइन, यो प्रस्ताव माथिबाटै आउँछ ।’
अर्थमन्त्री महराले भनेजस्तै ‘माथि’ अरू कुनै ठाउँ नभएर प्रधानमन्त्री दाहालकै निवास थियो । करिब तीन वर्षअघि नै भर्जिन आइल्यान्डबाट नेपालमा दर्ता नै नभएको व्यापारी सुमार्गीको नामको एउटा कम्पनीमा ११ अर्बजति रकम आएको थियो । त्यसमध्ये ३ अर्ब ५० करोड नेपाल इन्भेस्टमेन्ट बैंकमा थन्किएर बसेको छ । व्यापारी सुमार्गीको नाममा स्रोत नखुलेको त्यति रकम गैरकानुनी तवरबाट आए पनि उक्त रकम उनको मात्रै नरहेको बताइन्छ । त्यति ठूलो रकम नेपालकै केही ठूला राजनीतिज्ञका साथै गैरआवासीय नेपालीहरूको रहेको बताइँदै आएको छ ।

साढे ३ अर्ब रूपैयाँ विदेशबाट आएर नेपाल इन्भेस्टमेन्टमा जम्मा भएपछि सुमार्गीले त्यही रकमलाई धितो राखेर सो बैंकबाट २ अर्ब ऋण भने दुई वर्षअघि ऋण लिएका थिए । गोपालप्रसाद काफ्ले कायममुकायम गभर्नर रहेका बेला उनले नै पहल गरेर सुमार्गीले २ अर्ब ऋण लिएका थिए । तर, उनलाई अचेल २ अर्बको ब्याज तिर्ने समस्याले पिरोलिरहेको बताइन्छ । उनले दुई वर्षको अवधिमा करिब ८० करोडजति त ब्याज मात्रै तिरिसकेको सूत्रको दाबी छ । बरु, ४०–५० करोड खर्च गर्ने तर थन्किएर बसेको रकमलाई फुकुवा गर्ने पक्षमा सुमार्गी रहेको बताइन्छ । उनी अहिले त्यही अभियानलाई पूरा गर्न मन्त्रिपरिषद्बाट नै निर्णय गर्न लगाउने पक्षमा रहेका छन् ।

नेपाल राष्ट्र बैंकका सञ्चालकहरू पनि सुमार्गीको रकम फुकुवा गर्ने पक्षमा छन् । तर, राष्ट्र बैंकका सञ्चालकहरूले सिधै निर्णय गर्दा आफूहरू मुछिने ठानेर मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउन पहल गरेको बुझिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय ऐनको दफा १५ मा विदेशबाट आएको तर स्रोत नखुलेको रकम सरकारले निर्णय गरेर फुकुवा गर्न सक्ने कुरा उल्लेख भएको हुँदा त्यही दफामा टेकेर सुमार्गीको नाममा आएको ‘कालो धन’ फुकुवा गर्ने तयारी भइरहेको बताइन्छ ।    बुधबार साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...