धरापमा उपेन्द्र यादवको कीर्ते राजनीति, तराईमा जल्यो पुत्ला, छिर्नै सकेनन् वीरगञ्ज



काठमाडौँ । गौर काण्डमा ४७ जना मारिएपछि एनजिओबाट राजीतिक संस्था बनेको र राजनीतिक चरित्र बनेका उपेन्द्र यादवको राजनीति सधैँ उकालो मात्र चढ्दैन । बेलाबखत ओरालो लागेको गृगको बाच्छोजस्तो पनि हुने गर्छ । आफ्नो भागमा नाफैनाफा र अरुको भागमा दुःखको भागवण्डा गर्न सिपालु नेता यादवको गढ मानिएको वीरगञ्जमा मंगलबार प्रवेशसमेत गर्न सकेनन् ।

अरुको कार्यक्रम बिथोल्नुपर्छ, भाँड्नुपर्छ भन्ने मान्यतामा कार्यकर्ता परिचालन गर्न माहिर यादव मंगलबार आफैँले सिको गरेको काममा सिकार भएका छन् । सोमबार सर्लाही पुगेका यादवले राष्ट्रिय जनता पार्टीविरुद्ध जब विषवमन गरे, त्यसपछि यादवविरुद्ध तराईका जनता नै उर्लिएका छन् । राजपाको मधेस बन्दका कारण वीरगञ्ज जाने औकातसमेत रहेन यादवमा । राजपाका नेता केशव झाले भने, जनतालाई झुटको राजनीति गरेको कति दिन टिक्छ, उहाँ आफ्नै भूगोलमा जान सक्नु भएको छैन ।

राजपाका नेताको घर भारतमा, नामर्दलगायतका यादवका वाणीका कारण यतिखेर उपेन्द्र यादव समस्यामा परेका छन् । पहिलो चरणको निर्वाचनमा पनि पहाडमा संगठन थियो, ११ जिल्लामा भाग लिन तयार थियौँ भन्दै ढाँटेका यादवको संघीय समाजवादी फोरममै असन्तुष्टि बढेको छ ।

तीनजिल्लामा विद्रोह हुँदै
उपेन्द्र यादवको संघीय समाजवादी फोरमको रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला कमिटी पनि यतिखेर राजपाको आन्दोलनमा सरिक भएको छ । आफ्नै संगठनका कार्यकर्तासमेत काबुमा राख्न नसकेको पाइएको छ । राजपाकै एक नेताले भने, तीनवटै जिल्ला संगठन असन्तुष्टि जनाउँदै राजपाको आन्दोलनमा आउने औपचारिक घोषणा हुँदैछ केही दिनमा । सामाजिक सञ्जालमा पनि उपेन्द्र यादवको चर्को आलोचना भएको छ । उनकै पुत्लादहन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कैलाश ढुंगेल र कृष्ण दाहालको प्यानल बन्दै, सबै पदमा निर्वाचन हुने

      नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अन्ततः सबै

यी हुन् एमाले बागमती प्रदेशका पदाधिकारी उम्मेदवार- अध्यक्षमा ५ जना, अन्यमा कति ?

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ

बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता

प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा