राजपाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा



वीरगन्ज । संविधान संशोधनबिना सरकारले जर्बजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको बन्दको दोश्रो दिन बुधबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् ।

वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा बुधबार बिहानैदेखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले चुनाव गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टीले मङगलवारदेखि असार २ गते सम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको छ ।

आन्दोलनकारीहरुको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरु बुधबार दोश्रो दिन पनि बन्द छन् । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु बुधबार पनि खुलेका छैनन् ।

वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले लामो दुरीका भाडाका सवारी साधन चल्न दिएका छैनन् तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम