राजपाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा



हाम्रो इकोनोमि

वीरगन्ज । संविधान संशोधनबिना सरकारले जर्बजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको बन्दको दोश्रो दिन बुधबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् ।

वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा बुधबार बिहानैदेखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले चुनाव गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टीले मङगलवारदेखि असार २ गते सम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको छ ।

आन्दोलनकारीहरुको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरु बुधबार दोश्रो दिन पनि बन्द छन् । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु बुधबार पनि खुलेका छैनन् ।

वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले लामो दुरीका भाडाका सवारी साधन चल्न दिएका छैनन् तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...