राजपाको प्रस्ताब पछी प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा



हाम्रो इकोनोमि

काठमाडौं। राजपा नेपालका अध्यक्ष महन्ठ ठाकुरले सत्तारुढ दललाई आफूहरु चुनावमा सहभागी हुनको लागि आफूहरुले अघि सारेका तीन माँगहरु पूरा गर्नुपर्ने प्रस्ताव पठाए पछी प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

 

सिंहदरवारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा दलहरुबीच चलिरहेको बैठकमा राजपा आन्दोलनबारे छलफल हुने बताइएको छ। राप्रपाले आज देखि असार २ गतेसम्म मधेश बन्दको आह्वान गरेको छ भने असार १० गतेदेखि १४ गतेसम्म आमहतालको कार्यक्रम घोषणा गरेको छ।
राजपाको आन्दोलनका कारण पूर्वी तथा मध्य तराईका केही जिलाहरुमा चुनाव प्रभावित हुने देखिएपछि प्रमुख दलहरुको बैठक बस्न लागेको हो। छलफलमा कांग्रेस, एमाले सहित सरकारमा सहभागि फोरम लोकतान्त्रिकका शीर्ष नेता सहभागि हुने बताइएको छ।

आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा फिर्ता, जेलबाट रिहाई, सहिद घोषणा र घाईते तथा अपांगताहरुलाई उपचार खर्च दिनुपर्ने रहेको छ। यी माग
पुरा गरेमा चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित नगरे पनि हुने राजपाको माग छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...