दोस्रो चरणको निर्वाचनका लागि तयारी पूरा



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।

अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताउनुभयो । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राजनीतिक रुपले केही क्षेत्रमा भने सहज वातावरण भइनसकेको अवस्था छ । सरकार, सत्तापक्ष र असन्तुष्ट दलबीच सहमतिको प्रयास भइरहेको छ । सबै स्थानमा सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ भनी पटक÷पटक गृहमन्त्रालयलाई अनुरोध गर्दै छलफल जारी राखिएको छ ।’’

निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अुनगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि आजैबाट प्रशिक्षण सुरु गरिएको बताउनुभयो । त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने उहाँको भनाइ छ ।

असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘आमजनता, मतदाता पूर्णरुपमा निर्वाचनको पक्षमा छन् । कुनै हालतमा मिति सर्दैन । मिति सर्ने कुरामा शङ्का नगरौँ । यसका लागि हामी पूर्ण तयारी गर्दै निर्वाचन सफल बनाउन प्रतिवद्ध छौँ । त्यसै चुनाव सर्दैन ।’’

मनसुन सुरु हुने महिना भएकाले मध्य असारमा वर्षा हुनेलगायतका प्राकृतिक समस्या आइपर्नसक्ने भन्दै सम्भावित प्राकृतिक समस्या आइपर्ने कुरालाई मध्यनजर गर्दै आयोगले मतदातालाई सुरक्षा दिई मतपेटिकाको सुरक्षित ढुवानीका लागि पनि तयारी गरिसकेको उहाँले बताउनुभयो

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम