राष्ट्रपति जेनेभा प्रस्थान



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री कृष्णबहादुर महराले विदाई गर्नु भएको थियो । मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक निकायका प्रतिनिधिले राष्टपति भण्डारीलाई विदाई गर्नु भएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत् अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुनुहुन्छ । राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...