दुर्घटनामा दुईको मृत्यु, दुई घाइते



भक्तपुर । सूर्यविनायक नगरपालिका–२ चिलाउनघारीमा बा.२ ज. २३५२ नंको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा आज दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखा घर भएका २४ वर्षीय बुद्धिबहादुर लामा र सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोक सिम्ले घर भएका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

गएराति भएको दुर्घटनामा घाइते भएका सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोककै २५ वर्षीय राकेश तामाङ र कृष्ण तामाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालक लामाको ब्लू क्रस अस्पतालमा र तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम