पूर्व अर्थमन्त्री महत पनि तानिदै,चुडामणिका मतियारले देश छाडे



हाम्रो इकोनोमि

काठमाडौँ/ कर फछर्याेट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालले देश छाडेका छन् ।आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा भ्रष्टाचारको आरोपमा पक्राउ परे पछी आतिएका दुवै शर्मा समतिदा नेपालमै थिए।

अख्तियारले महत र ढकाललाई पनि बयानका लागि पत्र काटेको छ ।शर्मा पक्राउ परेलगतै उनी दुई जनाले देश छाडेको भरपर्दो श्रॊतको दावी छ।उनीहरुलाई अख्तियारले तीन दिनभित्र बयानका लागि बोलाएको छ । विदेशमा रहेका महत र ढकालका परिवारले अख्तियारको पत्र बुझेका छन् । तर दुवै जना भने विदेशमा रहेका छन् । पक्राउ परेका शर्माले आफ्नो बयानमा उनीहरुको पनि नाम लिन सक्ने आशंका बढेपछि देश छाडेको स्रोतले बताएको छ ।

शर्माले अख्तियारको टोली समक्ष दुबैजनाको नाम लिएको र उनीहरुकै सहयोगमा सबै काम गरेको बताएको अख्तियारको उच्च श्रोतले बतायो । श्रोतका अनुसार यो केशमा पूर्व अर्थमन्त्री राम शरण महत पनि तानिदै छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...