श्रीमान बिदेशमा श्रीमती जुवा खालमा,भूपू मन्त्रीकी श्रीमती यसरी परिन् जालमा



हाम्रो इकोनोमि

काठमाडौँ/ केहि दिन अगाडी सदा पोशाकका प्रहरीले मैतीदेवी सेतोपुल नजिकैको घरबाट चार महिलालाई तीन पुरुष सहित नियन्त्रणमा लियो। तिनकुने प्रहरीको एरिया बाट गौशालाको प्रहरीले त्यसरी मान्छे समातेपछी सोही दिन चलखेलका माध्यमबाट सबै रिहा भए। समातिएका मध्ये एकजना पुर्बमंत्रीकी श्रीमती थिएन भने
अर्की भूपू सचिबकी श्रीमती थिइन्। हाई प्रोफाईलका जुवाडे समातिएको खबर एका एक प्रहरी भित्र फैलिए पछी एकजना एसएसपी उनीहरुलाई छुटाउन दिनभरी लागिपरे। उनि त्यसरी लाग्नुको कारण त्यो समुहमा आफ्नी साली पनि थिइन् । यो त प्रतिनिधी घटना मात्र हो यस्ता घटना उपत्यकामा घटी रहन्छन तर धेरै बाहिर आउन नपाई दबाईन्छ ।

 

प्रहरीले गत वर्ष गौशाला विजयचोकस्थित हेमन्त राईले सञ्चालन गरेको जुवाघरबाट ८ लाख ४८ हजार रुपैयाँसहित २५ जनालाई पक्राउ ग¥यो । जसमा रेनु घलान, सुन्तली घरान, हेमा गुरुङ, कमलासिंह ठकुरीलगायत महिला थिए । प्रहरीका अनुसार उनीहरूका श्रीमान् रोजगारका लागि विदेशमा छन् । उनीहरू भने विदेशबाट श्रीमान्ले पठाएको पैसा लिएर पुरुषहरूसँग जुवा खेल्दै आएका थिए ।

 

पछिल्ला दिनमा एकै स्थानमा जुवा खेलाउँदा प्रहरीले छापा हान्न सक्ने भएकाले ठाउँ फेर्दै जुवा खेलाउने गरिएको छ । खासगरी होटेल तथा रिसोर्टका कोठाहरू भाडामा लिएर मोबाइल क्यासिनो सञ्चालन हुने गरेको छ । नियमित जुवा खेल्ने व्यक्तिहरूलाई मात्र जानकारी दिएर यसरी जुवाखाल सञ्चालन हुने गरेको छ ।मान्छेका तीन कुलतमध्ये मदिरा, वेश्यावृत्ति र जुवा पर्छन् । हाल खुलेका मिनी क्यासिनोहरूमा यी तीनै कुरा उपलब्ध हुन्छ । प्रहरीले छापा हानेका सबैजसो मिनी क्यासिनोबाट युवतीहरू पक्राउ पर्छन् । केहि दिन अगाडी सानेपास्थित जुवाघरबाट पनि ८ जना युवती पक्राउ परेका थिए । त्यसमध्ये केही खेलाडी तथा केही जुवाडेलाई सेवा दिन राखिएका थिए । जुवा सञ्चालकहरूले खेलाडीलाई आकर्षित गर्न यसरी युवती राख्ने गरेका छन् । त्यस्तै मदिरा पनि निःशुल्क खुवाउने गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...