श्रीमान बिदेशमा श्रीमती जुवा खालमा,भूपू मन्त्रीकी श्रीमती यसरी परिन् जालमा



हाम्रो इकोनोमि

काठमाडौँ/ केहि दिन अगाडी सदा पोशाकका प्रहरीले मैतीदेवी सेतोपुल नजिकैको घरबाट चार महिलालाई तीन पुरुष सहित नियन्त्रणमा लियो। तिनकुने प्रहरीको एरिया बाट गौशालाको प्रहरीले त्यसरी मान्छे समातेपछी सोही दिन चलखेलका माध्यमबाट सबै रिहा भए। समातिएका मध्ये एकजना पुर्बमंत्रीकी श्रीमती थिएन भने
अर्की भूपू सचिबकी श्रीमती थिइन्। हाई प्रोफाईलका जुवाडे समातिएको खबर एका एक प्रहरी भित्र फैलिए पछी एकजना एसएसपी उनीहरुलाई छुटाउन दिनभरी लागिपरे। उनि त्यसरी लाग्नुको कारण त्यो समुहमा आफ्नी साली पनि थिइन् । यो त प्रतिनिधी घटना मात्र हो यस्ता घटना उपत्यकामा घटी रहन्छन तर धेरै बाहिर आउन नपाई दबाईन्छ ।

 

प्रहरीले गत वर्ष गौशाला विजयचोकस्थित हेमन्त राईले सञ्चालन गरेको जुवाघरबाट ८ लाख ४८ हजार रुपैयाँसहित २५ जनालाई पक्राउ ग¥यो । जसमा रेनु घलान, सुन्तली घरान, हेमा गुरुङ, कमलासिंह ठकुरीलगायत महिला थिए । प्रहरीका अनुसार उनीहरूका श्रीमान् रोजगारका लागि विदेशमा छन् । उनीहरू भने विदेशबाट श्रीमान्ले पठाएको पैसा लिएर पुरुषहरूसँग जुवा खेल्दै आएका थिए ।

 

पछिल्ला दिनमा एकै स्थानमा जुवा खेलाउँदा प्रहरीले छापा हान्न सक्ने भएकाले ठाउँ फेर्दै जुवा खेलाउने गरिएको छ । खासगरी होटेल तथा रिसोर्टका कोठाहरू भाडामा लिएर मोबाइल क्यासिनो सञ्चालन हुने गरेको छ । नियमित जुवा खेल्ने व्यक्तिहरूलाई मात्र जानकारी दिएर यसरी जुवाखाल सञ्चालन हुने गरेको छ ।मान्छेका तीन कुलतमध्ये मदिरा, वेश्यावृत्ति र जुवा पर्छन् । हाल खुलेका मिनी क्यासिनोहरूमा यी तीनै कुरा उपलब्ध हुन्छ । प्रहरीले छापा हानेका सबैजसो मिनी क्यासिनोबाट युवतीहरू पक्राउ पर्छन् । केहि दिन अगाडी सानेपास्थित जुवाघरबाट पनि ८ जना युवती पक्राउ परेका थिए । त्यसमध्ये केही खेलाडी तथा केही जुवाडेलाई सेवा दिन राखिएका थिए । जुवा सञ्चालकहरूले खेलाडीलाई आकर्षित गर्न यसरी युवती राख्ने गरेका छन् । त्यस्तै मदिरा पनि निःशुल्क खुवाउने गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...