भरतपुर महानगरको मुद्दा आज पनि सुनुवाईमा



हाम्रो इकोनोमि

काठमाडौँ/ बहुचर्चितभरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्देशन विरुद्ध दर्ता भएको रिट निवेदनमाथि कायम मुकाय प्रधानन्यायाधीस गोपलाप्रसाद पराजुली र न्यायाधीस हरिकृष्ण कार्कीको संयुक्त इजलासमा सुनुवाई हुँदैछ।

सर्वोच्च अदालतले मंगलबार जारी गरेको दैनिक कार्यसूचि अनुसार, न्यायाधीसद्धय पराजुली र कार्कीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाई गर्ने जानकारीसहित १७ नम्बरको सूचिमा राखेको छ।

जेष्ठ १४ गते राती मतगणना कार्य भइरहेको बेला एमाले र माओवादी उम्मेदवारका प्रतिनिधिबीचको विवादपछि मतगणना भइरहेको वडा नम्बर १९ का ९० मतपत्र च्यातिएको थियो।

त्यसपछि स्थगित भएको मतगणना कार्यलाई बदर गर्दै केही समय अघि निर्वाचन आयोगले सो वडामा पुन मतदान गर्न निर्देशन दिएको थियो।

उक्त निर्णय विरुद्ध सदन र सडकमा चर्को विरोध जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट सो वडामा सदस्य पदका उम्मेदवार गुञ्जमान विकसहित २ जनाले निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतमा रिट दर्ता गरेका थिए।

उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाईका क्रममा अदालतले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै जेष्ठ २८ गतेका लागि पेशी तोकेपनि त्यसदिन सुनुवाईको पालो आउन सकेको थिएन।

आजको कार्यसूचिमा पनि पछाडि परेको रिट निवेदनमाथि अदालतले कुनै निर्णय दिने नदिने कुनै टुंगो छैन।

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...