अख्तियार भन्छ-यी हुन् घुस्याहा कर्मचारी



हाम्रो इकोनोमि

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राजधानी काठमाडौंमा सबैभन्दा धेरै घुस खाने कर्मचारी पाइएको छ । चालू आर्थिक वर्षको जेठ २८ गतेसम्म सबै भन्दा धेरै काठमाडौं जिल्लामा घुस खाँदै गरेका १९ जना कर्मचारी रंगेहात पक्राउ परेको उल्लेख गरिएको छ ।

ललितपुरबाट ३ र भक्तपुरबाट २ जना कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला घुस लिने जिल्लामा दोस्रो स्थानमा रहेको छ । धेरैजसो घुस लिने काम नापी तथा मालपोत विभागमा हुने गरेको पाइएको अख्तियारका प्रवक्ता जिवराज कोइरालाले जानकारी दिए।

आयोगका प्रवक्ता कोइरालाले घुस लिँदै गर्दा रंगेहात पक्राउ पर्ने कर्मचारीमा नायव सुब्बा सबैभन्दा बढि रहेका छन । चालू आर्थिक वर्षको हालसम्म पक्राउ परेका ७६ जना मध्ये ३४ जना नायव सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन ।राजधानी काठमाडौंमा सबैभन्दा धेरै घुस खाने कर्मचारी पाइएको छ ।

१५ जना शाखा अधिकृतलाई पनि घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको छ । ५ जना उपसचिव समेत घुस खाँदै गर्दा पक्राउ परेको प्रवक्ता कोइरालाले बताए। अख्तियारले घुस खाने कुनै पनि कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...