राजपा नआए पनि चुनाव हुन्छ



काठमाडौँ । राज्य व्यवस्था ‘सफल, सक्षम र सुदृढ’ भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी (राजपा) नआए पनि असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन हुने दृढता व्यक्त गरेका छन् । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

सत्ता र प्रतिपक्षले एकमतसाथ राजपालाई चुनावमा ल्याउन राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनमा पहिलो संशोधनसमेत गरेको तर राजपा चुनावमा सहभागी नहुनु रहस्यमय बनेको दाबीसमेत नेताहरूले गरेका छन् । असार १४ गते नै १, २, ५ र ७ प्रदेशका सबै स्थानीय तहमा एकसाथ चुनाव गर्नुपर्नेसमेत उनीहरूले बताएका छन् । प्रदेश नं। २ र ५ का केही मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने उनीहरूको आकलन छ ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भीमबहादुर रावलले राजपाकै मागका आधारमा संविधान जारी हुनासाथ पहिलो संशोधन गरिएको र अहिले फेरि सत्ता र प्रतिपक्षी दलले एकसाथ स्थानीय तह निर्वाचन पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी ऐनको संशोधन गरे पनि उनीहरू चुनाव छाड्दै आन्दोलनमा जानु राम्रो नभएको बताउनुभयो । स्थानीय तह पुनस्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गरे पनि मधेसी मोर्चाको मागअनुसार २ नं प्रदेशमा संख्या थपेर ७ सय ४४ बनाइएको पनि उहाँले बताउनुभयो । राजपाले समस्या समाधानमा लाग्नुभन्दा पनि बल्झाउने कार्यमा लाग्नु गलत भएकोसमेत रावलले दाबी गर्नुभयो ।

कांग्रेस नेता डा. शेखर कोइरालाले भने वैशाख ३१ वा जेठ ३१ वा कुनै उपयुक्त मितिमा एकै चरणमा चुनाव गराउन नसक्नु राज्यको गम्भीर त्रुटि भएको उल्लेख गर्नुभयो । ‘राजपासँग समझदारी गरी एकै चरणमा चुनाव भएको भए तराई–मधेसका भूभागमा तेस्रो चरणको चुनाव हुनुपर्नेमाग कहीँ कोहीबाट हुँदैनथ्यो ।’

माओवादी केन्द्रका सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले सत्ता प्रतिपक्षी सबै मिलेर राजपालाई निकास दिन एकै दिनमा तीनवटा बैठक बस्दै संसद्को नियमावलीसमेत निलम्बन गरेर ऐन संशोधन गर्दा पनि चुनाव बहिष्कार गर्नु रहस्यमय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्