कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको अप्रेसन सफल



हाम्रो इकोनोमि

काठमाडौँ । कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो । नयाँ पत्रिकामा समाचार छ ।

अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा भर्ना भएका थिए । डा.रामेश कोइराला नेतृत्वको टिमले उनको अप्रेसन गरेको हो । शोभराजको अप्रेसन सफल भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताए । बेलुका अबेरसम्म शोभराजको होस आएको थियो । उनलाई आईसियूमा राखिएको छ ।

अपराधकै कारण बिश्वमा कुख्यात शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् । सोमबार शोभराजकी ‘श्रीमती’ निहिता बिश्वास र निहिताकी आमा शकुन्तला थापा बिहानै अस्पताल पुगेका थिए । अप्रेसनका लागि आबश्यक रगत निहिताले शोभराजलाई दिएकी हुन् । दुवैको रक्तसमूह ओ पोजेटिभ हो ।

थप रगत संकलनका लागि निहिताले नै पहल गरेकी थिइन् । तर, रगत दिने बताएका केही व्यक्तिहरुले ८० हजार रुपैयाँ मागेपछि निहिता रोएकी थिइन् । थप रगत अस्पतालले नै व्यवस्थापन गरेको थियो ।

कैदीको सबै उपचार सरकारकै जिम्मेवारी हुन्छ । त्यसकारण शोभराजको उपचारको खर्च सरकारकै हुन्छ । मुटुको भल्भको उपचारका २ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ । अस्पतालमा शोभराजलाई कडा सुरक्षा घेरामा राखिएको छ ।

अप्रेसन सफल भएपनि यस्तो अप्रेसनको सफलता २–३ महिनापछि मात्र प्रष्ट हुने चिकित्सकहरु बताउँछन् । ‘भल्भलाई शरिरले एसेप्ट गरे नगरेको २–३ महिनापछि मात्र थाहा हुन्छ,’ गंगालालका एक चिकित्सकले भने । २ बिदेशीको हत्या तथा युनुस अन्सारीको हत्या प्रयासको घटना दोषी ठहर भएका शोभराजलाई केन्द्रीय कारागारको गोलघारमा राखिदै आइएको छ ।

तस्बिरः डा.रामेश कोइरालाको ट्विटरबाट ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...