राजपालाई सकेसम्म खुसी पार्ने, नसके चुनाबै सार्ने



हाम्रो इकोनोमि

काठमाडौँ/ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।

 

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।
आज भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषय नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने विषयमा थप वार्ता र संवादको प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो ।

सहमति र सझदारीका आधारमा नै निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यस्तै छलफलमा मन्त्रिपरिषद् विस्तार र सरकारका अन्य काम कारबाहीका विषयमा समेत कुराकानी भएको थियो ।केहि पार नलागे राजपाले भने बमोजिम चुनाब सार्न पनि तयार रहेको श्रोतले बतायो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...