भूकम्पपिडितको नाममा एनजीओले मौकाको फाइदा उठायो



काठमाडौँ । भूकम्प पिडितको नाममा च्याउ सरीका खुलेका एनजीओहरुले मौकाको फाइदा उठाइरहेका छन् । भूकम्प प्रभावितहरु अझै अस्थायी टहरामा बसिरहेका छन् ।

उनीहरुका नाममा आउन सरकारी र गैसरकारी पैसामा कसरी बदमासी हुन्छ भन्ने केही तथ्यहरु बाहिर आएका छन् । गैरसरकारी संस्था स्वास्थ्यका लागि पानी अर्थात नेवाका पदाधिकारीहरुले विधि प्रक्रिया पूरा गरेको देखाई दुर्गम भेगका भूकम्प पीडित जनताको नाममा आएको अनुदान सहयोगमा लुट्ने गरेको अख्तियारमा बुझाएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।

‘स्वास्थ्यका लागि पानी’ भन्ने एक गैरसरकारी संस्थामा करोडौं रुपैयाँ हिनामिना भएकोे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समाजकल्याण परिषदले अनुसन्धान थालेको छ ।

इन्टरनेसनल मेडिकल क्रप्सको सहयोगमा नेपाल स्वास्थ्यका लागि पानी नेवा नामक गैरसरकारी संस्थाले हेलिकोप्टर ढुवानीमा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७३ चैत २७ गते र २०७४ वैशाख १७ गरी दुई पटक उजुरी परेको थियो ।

यस्तो उजुरी समाज कल्याण परिषद्मा पनि परेको छ । उजुरीका कागजात अख्तियार र समाजकल्याण परिषद्बाट रातोपाटीलाई प्राप्त भएका छन् ।
छानविन सुरु भएसँगै नेवालाई सम्पूर्ण नयाँ कार्यक्रम अघि बढाउन रोकिएको समाज कल्याण परिषदकी छानविन समितिकी सदस्य लक्ष्मी कोइरालाले बताइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार खानेपानी तथा सरसफाईका निमार्ण सामग्रीहरु ढुवानी गर्दा हवाई भाडामा मनोमानी मूल्य राखी आर्थिक घोटला भएको भन्दै उजुरी परेको हो ।

प्रचलित दररेटभन्दा दोब्बर बढीमा श्री एयरलाइन्सबाट गोरखाको सल्यानटारबाट ढुवानी गराई करोडौँ भष्टाचार भएको तथ्यसहित उजुरी परेको आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम