भूकम्पपिडितको नाममा एनजीओले मौकाको फाइदा उठायो



हाम्रो इकोनोमि

काठमाडौँ । भूकम्प पिडितको नाममा च्याउ सरीका खुलेका एनजीओहरुले मौकाको फाइदा उठाइरहेका छन् । भूकम्प प्रभावितहरु अझै अस्थायी टहरामा बसिरहेका छन् ।

उनीहरुका नाममा आउन सरकारी र गैसरकारी पैसामा कसरी बदमासी हुन्छ भन्ने केही तथ्यहरु बाहिर आएका छन् । गैरसरकारी संस्था स्वास्थ्यका लागि पानी अर्थात नेवाका पदाधिकारीहरुले विधि प्रक्रिया पूरा गरेको देखाई दुर्गम भेगका भूकम्प पीडित जनताको नाममा आएको अनुदान सहयोगमा लुट्ने गरेको अख्तियारमा बुझाएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।

‘स्वास्थ्यका लागि पानी’ भन्ने एक गैरसरकारी संस्थामा करोडौं रुपैयाँ हिनामिना भएकोे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समाजकल्याण परिषदले अनुसन्धान थालेको छ ।

इन्टरनेसनल मेडिकल क्रप्सको सहयोगमा नेपाल स्वास्थ्यका लागि पानी नेवा नामक गैरसरकारी संस्थाले हेलिकोप्टर ढुवानीमा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७३ चैत २७ गते र २०७४ वैशाख १७ गरी दुई पटक उजुरी परेको थियो ।

यस्तो उजुरी समाज कल्याण परिषद्मा पनि परेको छ । उजुरीका कागजात अख्तियार र समाजकल्याण परिषद्बाट रातोपाटीलाई प्राप्त भएका छन् ।
छानविन सुरु भएसँगै नेवालाई सम्पूर्ण नयाँ कार्यक्रम अघि बढाउन रोकिएको समाज कल्याण परिषदकी छानविन समितिकी सदस्य लक्ष्मी कोइरालाले बताइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार खानेपानी तथा सरसफाईका निमार्ण सामग्रीहरु ढुवानी गर्दा हवाई भाडामा मनोमानी मूल्य राखी आर्थिक घोटला भएको भन्दै उजुरी परेको हो ।

प्रचलित दररेटभन्दा दोब्बर बढीमा श्री एयरलाइन्सबाट गोरखाको सल्यानटारबाट ढुवानी गराई करोडौँ भष्टाचार भएको तथ्यसहित उजुरी परेको आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...