सत्ताको साँचो समातेका देउवा एक साता नवित्दै संकटमा



हाम्रो इकोनोमि

काठमाडौँ ।’ देउवा प्रधानमन्त्री बनेको ५ दिनमै मधेसकेन्द्रीत दल राजापाले आफ्ना माग पूरा नगरेको भन्दै चुनाव प्रभावित गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देउवासामु संविधान संशोधनको प्रतिबद्धता जनाउने अथवा यथास्थितिमै निर्वाचन गर्ने भन्ने दुई विकल्प खडा भएका छन् ।

दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रमुख एजेन्डा बोकेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सत्ताको साँचो समातेको एक साता नबित्दै गम्भिर संकटमा फसेका छन् ।

उनले भनेका छन् ‘ स्थानीय निर्वाचनअघि संविधान संशोधन कुनै हालतमा सम्भव छैन, निर्वाचनपछि संशोधनको प्रयास जारी रहन्छ ।’

प्रधानमन्त्री देउवाले आफू पहिलो विकल्पमा नजाने भनेर भनिसकेकाले उनको अबको यात्रा भनेको यथास्थितिमै असार १४ को निर्वाचन गर्ने विकल्पमात्र बाँकी रहेको छ ।

यसरी यहि अवस्थामा निर्वाचन गर्दा तराई मधेसमा मुठभेड हुने र ठुलो धनजनको क्षति हुने लगभग निश्चित जस्तै भइसकेको छ । यो अवस्थाको आँकलन स्वयं देउवाले पनि गरिसकेका छन् ।

माओवादी केन्द्रसँगको पुरानो सहमति र प्रमुख प्रतिपक्षको माग दुवैलाई ‘एड्रेस’ गर्न पनि उनका अगाडी असार १४ मा निर्वाचन सम्पन्न गर्नुको विकल्पै छैन ।

विगतमा असक्षमको उपमा पाएका देउवाले असार १४ को निर्वाचन सारे या गर्न नसके पुन उनीमाथि अर्को असफलताको बिल्ला लाग्ने निश्चित छ ।

त्यो बिल्ला नलागोस् भन्नका लागि पनि देउवाले सम्पुर्ण शक्ति लगाएर निर्वाचन गराउन लाग्ने छन् । अहिलेसम्म त्यहि योजनाका साथ लागेका देउवाले अन्तिममा केही नलागे निर्वाचन गर्न बाँकी चारवटा प्रदेशमध्ये राजपाको बाहुल्य रहेको दुई नम्बर प्रदेशको निर्वाचन स्थगित गर्न पनि पछि पर्ने छैनन् । तर, तत्काल यो विकल्प देउवाले सार्वजनिक गर्ने छैनन् ।

राजपासँग केही समय औपचारिक अनौपचारिक वार्ता र छलफलपछि देउवाले यो विकल्प खुला गर्ने छन् । यसमा राजपा राजि नभए प्रधानमन्त्री देउवाले सेना परिचालन गरेर अघि बढ्नु बाहेककको विकल्प देख्ने छैनन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...