सत्ताको साँचो समातेका देउवा एक साता नवित्दै संकटमा



काठमाडौँ ।’ देउवा प्रधानमन्त्री बनेको ५ दिनमै मधेसकेन्द्रीत दल राजापाले आफ्ना माग पूरा नगरेको भन्दै चुनाव प्रभावित गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देउवासामु संविधान संशोधनको प्रतिबद्धता जनाउने अथवा यथास्थितिमै निर्वाचन गर्ने भन्ने दुई विकल्प खडा भएका छन् ।

दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रमुख एजेन्डा बोकेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सत्ताको साँचो समातेको एक साता नबित्दै गम्भिर संकटमा फसेका छन् ।

उनले भनेका छन् ‘ स्थानीय निर्वाचनअघि संविधान संशोधन कुनै हालतमा सम्भव छैन, निर्वाचनपछि संशोधनको प्रयास जारी रहन्छ ।’

प्रधानमन्त्री देउवाले आफू पहिलो विकल्पमा नजाने भनेर भनिसकेकाले उनको अबको यात्रा भनेको यथास्थितिमै असार १४ को निर्वाचन गर्ने विकल्पमात्र बाँकी रहेको छ ।

यसरी यहि अवस्थामा निर्वाचन गर्दा तराई मधेसमा मुठभेड हुने र ठुलो धनजनको क्षति हुने लगभग निश्चित जस्तै भइसकेको छ । यो अवस्थाको आँकलन स्वयं देउवाले पनि गरिसकेका छन् ।

माओवादी केन्द्रसँगको पुरानो सहमति र प्रमुख प्रतिपक्षको माग दुवैलाई ‘एड्रेस’ गर्न पनि उनका अगाडी असार १४ मा निर्वाचन सम्पन्न गर्नुको विकल्पै छैन ।

विगतमा असक्षमको उपमा पाएका देउवाले असार १४ को निर्वाचन सारे या गर्न नसके पुन उनीमाथि अर्को असफलताको बिल्ला लाग्ने निश्चित छ ।

त्यो बिल्ला नलागोस् भन्नका लागि पनि देउवाले सम्पुर्ण शक्ति लगाएर निर्वाचन गराउन लाग्ने छन् । अहिलेसम्म त्यहि योजनाका साथ लागेका देउवाले अन्तिममा केही नलागे निर्वाचन गर्न बाँकी चारवटा प्रदेशमध्ये राजपाको बाहुल्य रहेको दुई नम्बर प्रदेशको निर्वाचन स्थगित गर्न पनि पछि पर्ने छैनन् । तर, तत्काल यो विकल्प देउवाले सार्वजनिक गर्ने छैनन् ।

राजपासँग केही समय औपचारिक अनौपचारिक वार्ता र छलफलपछि देउवाले यो विकल्प खुला गर्ने छन् । यसमा राजपा राजि नभए प्रधानमन्त्री देउवाले सेना परिचालन गरेर अघि बढ्नु बाहेककको विकल्प देख्ने छैनन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम