ओलीले भने- देउवा सरकारको आयु १२० दिन,त्यसपछी युरेनियम निकाल्छौं



काठमाडौँ/सोमबार प्रदेश नम्बर ३ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई ललितपुरमा संबोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको चुनावपछि एमालेलाई सरकारमा जानबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न नसक्ने दावी गरे । अहिले कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो चुनावपछि कसैले नसक्ने उनले जिकिर छ गरे ।
‘कांग्रेस–माओवादी मिलेर हामीलाई प्रतिपक्षमा राखेका छन् ।
चुनाव पछि कसले मिलेर प्रतिपक्षमा राख्दोरहेछ ?’ उनले भने ‘अब तपाईहरुको गाडी धेरै गुड्दैन । दुई चार महिना गुड्ने हो ।’अबको चार महिना त हो नि देउवाजी रहने त्यसपछि एमाले नेतृत्वमा सरकार बनेपछि युरेनियम प्रशोधन गर्ने पनि उनले बताए । ‘हामीसँग युरेनियम छ । हाम्रा छिमेकी मित्रले चित्त नदुखाउन् चाहिन्छ भने किने हुन्छ’ उनले भने, ‘अहिले सेनालाई जिम्मा दिएको छ । सरकार बनेपछि युरेनियम निकाल्छौं ।’

अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेलाई सजिलै पराजित गर्न नसकेपछि अनेक धाँधली र षड्यन्त्र भएको दावी गरे । भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको लगायतका उदाहरण दिँदै उनले एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए । ‘अरुले दौडेर जित्ने अवस्था छैन । छिर्के लगाएर लडाउने काम भएको छ’ उनले भने ‘ललितपुरमा त्यही काम भएको हो । जितेको मान्छेलाई हराइएको छ । हाम्रो पनि समयमा सतर्कता भएन। एमाले अगाडि गएको ठाउँमा रोक्न खोजियो ।’

एमाले अध्यक्ष ओलीले एमालेबाट विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारीपूर्वक नागरिकको काम गर्न सुझाव दिए । अहिलेको स्थानीय सरकार पहिलाजस्तो स्थानीय निकायजस्तो नभएको भन्दै उनले संविधान तोकेको जिम्मेवारी पूरा गर्न सक्रिय हुन आग्रह गरे । ‘संविधान पढ्नुभएको थिएन होला । अब सबै पाना पल्टाउनुपर्छ । अनुसूचि भनेको के हो थाहा पाउनुपर्छ ।’ स्थानीय तहमा उपाध्यक्ष र सदस्य निर्वाचित भएका प्रतिनिधिहरुलाई संबोधन गर्दै अध्यक्ष ओलीले उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराए ।
‘तपाईहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन’ उनले भने ‘जितेर अबिर लाउनु भयो । अब दुखका दिन सुरु भयो । अब प्रमाणित गर्नुपर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्