हत्यारा जोगाउन गृहमन्त्री सक्रिय,डिएसपीलाइ हेडक्वार्टर तानियो



काठमाडौँ/माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गंगा कार्की र पोलिट व्यूरो एवं पूर्व राज्यमन्त्री देवी खड्काविरुद्ध मुद्दा चलाएको आरोपमा डिएसपी रविन कार्कीलाई प्रहरी हेडक्वार्टर तानिएको छ। दोलखाको जुँगु घटनामा संलग्न रहेको भन्दै गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा डिएसपी कार्कीलाई प्रहरी हेडक्वार्टर तानिएको बताइएको छ ।

प्रहरी प्रवक्ता एवं एसएसपी सर्वेन्द्र खनालले कार्कीलाई हेठक्वार्टर बोलाइएको बताए । उनले भने, ‘हेडक्वार्टर बोलाउनुको कारण छानविन नै होला भनौँ । थप कारण सोधपुछमा खुल्ला । उहाँले जिम्मेवारी बहन गर्न सक्नु भएन होला ।’ यसबारे गृहमन्त्रीले भने केही बोल्न मानेनन् ।एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यामा संलग्न भएको भन्दै माओवादी नेतालाई मुद्दा चलाइएको बताइएको छ ।

 

यसअघि, माओवादी केन्द्रले जुँगु घटनालाई विषयलाई लिएर नेताहरुलाई झुठा मुद्दामा फसाउन खोजिएको भन्द प्रहरी र प्रशासनलाई ध्यानाकर्षण गराएको थियो ।माओवादी केन्द्रले घटनामा कुनै संलग्नता नै नभएका नेताहरुको नाममा किटानी जाहेरी स्वीकार गरिनु प्रहरीको दोष भनेको छ । घटनामा नेकपा एमालेले राजनीतिकरण गर्दै नेताहरुमाथी झुठा जाहेरी गर्न अभिप्रेरित गराएको आरोप पनि माओवादीले लगाएको छ ।

 

घटनामा माओवादी केन्द्रका नेताहरु पूर्वराज्यमन्त्रीसमेत रहेकी खड्का, स्थायी कमिटी सदस्य कार्की र विशाल खड्कालगायत ३९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
घटनामा पक्राउ परेकाहरुको संलग्नता र कुलबहादुरको मृत्यु कसको प्रहारबाट भएको भन्ने स्पष्ट देखिने आधार र प्रमाण फेला नपरेपछि अदालतले पक्राउ परेकाहरुलाई सामन्य तारेखमा छोडिदिएको छ । पक्राउ परेकालाई उम्काएको भन्दै एमालेले आइतबार मात्रै प्रदर्शन गरेको छ ।

मृतक कुलबहादुरकी श्रीमती साङमाया तामाङ, १४ वर्षीया छोरी संगीता र ११ वर्षीय छोरा अशोक र बुबा गोरे तामाङले अभियोगपत्र दर्ता गरेपछि धम्कीले जुँगुमा बस्न नसकिएको बताइरहेका छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका एमालेबाट वडा सदस्य उम्मेदवार गोरे तामाङले माओवादी केन्द्रका ३९ स्थानीय नेता–कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय टोलीले घटनाको अनुुसन्धान गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्