यी हुन् नायिका जस्ती सुन्दरी गायिका



हाम्रो इकोनोमि

काठमाडौँ/ पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल नाम हो शुशिला पाठक । झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l

सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै ब्यबसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन। संगीतकार शिला बहादुर मोक्तान तथा मनोज राज सिवाकोटी बाट गित संगीत सिकेकी सुशिला छ्टो समयमा नै चर्चा कमाउन सफल भएकी छिन l पुर्बका हरेक कार्यक्रमा आफ्नो सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न तथा पुर्बको ढुक ढुकी बन्न सफल गायिका अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाउदै गएकी तथा नेपाल भित्र मात्र नभएर बिदेशमा समेत दर्जनौ कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्दै लाखौ नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल हुदै गएकी छिन l गायिका शुशिला सांगीतिक क्षेत्रमा उदाउदो नक्षत्रको रुपमा सांगीतिक प्रेमी नेपालीहरु बीच परिचित हुदै गएकी पनि छिन l

दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन प्रयासरत गायिका शुशिलाको आवाज भने जादुमय रहेको छ l त्यसो त गायिका शुशिलाको आवाजमा मिठास त छदै छ, त्यो भन्दा अझ उनको सुन्दरताले गर्दा उनि नायिका जस्ती गायिका बन्न सफल भएकी छिन l उनिमा हर किसिमको गित गाउने क्षमता हुनको साथै नृत्यमा पनि त्यतिकै पोख्त छिन l रोमाण्टिक गित,आधुनिक गित, क्लाबिंग गित, लोक पप तथा अन्य सबै खाले गित गाउने गायिका सुशिलामा हर प्रकारका गित गाउन सक्ने क्षमता छ l उनि भन्छिन म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु l

आफुलाइ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन l सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका सुशिलाले धेरै कार्यक्रममा सम्मान समेत पाइसकेकी छिन l

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...