डीआईजी बढुवामा चलखेल



हाम्रो इकोनोमि

काठमाडौँ । सशस्त्र प्रहरी बलभित्र समयमा बढुवा नहुँदा एसपी कुलबहादुर नेम्बाङ २०७४ असार २६ गते पेन्सन समेत नपाउने गरी अवकाश हुने भएका छन् । एसपीद्धय नेम्बाङ र राजेन्द्र अधिकारी २०७४ असार २६ गते १० वर्षे पदावधीका आधारमा अवकाश हुँदैछन् । अधिकारीको पेन्सन भैसकेको छ तर नेम्बाङ बढुवा नभए पेन्सन समेत नपाउने गरी अवकाश हुनेछन् ।

नवनियुक्त गृहमन्त्री जनार्दन शर्मा २०७४ जेठ २५ गते सशस्त्र प्रहरी बलको निरीक्षणमा गएका बेला आईजीपी सिंहबहादुर श्रेष्ठ सहितका उच्च अधिकारीले बढुवा प्रकृया सुरु गर्नुपर्ने कुरा जानकारी गराएका थिए । पेन्सन नै नपाई अवकाश हुन लागेकाले गृहमन्त्री शर्माले प्रकृया तत्काल शुरु गर्न निर्देशन दिएपछि सशस्त्रले रिक्त ५ डिआईजीमा बढुवाका लागि सूचना निकालेको छ । जसअनुसार आवेदन भर्ने म्याद २०७४ जेठ २८ गते मा सकिएको छ । सशस्त्र डिआईजीको बढुवामा योग्यताको बारेमा पनि कुरा उठेका छ ।

अहिले यहि विषयलाई लिएर बढुवामा चलखेल शुरु भएको बताईन्छ । यसका लागि एसएसपी संजय राणा र भरत श्रेष्ठले जेठ २४ गते गृहमन्त्री शर्मालाई भेटी पूर्व आईजीपी कोषराज वन्तले प्राविधिकहरुलाई मात्र बढुवा गर्ने गरेको गुनासो गरेका छन् । उनीहरुले विगतमा एसएलसी पास नभएका बलरामबहादुर केसी डिआईजी भैसकेको उदाहरण समेत प्रस्तुत गरेका छन् । अहिले आईए पास भएकाहरुलाई बढुवा गर्नको लागि राणा र श्रेष्ठ लागिरहेका छन् । तर त्यसो गर्नको लागि बढुवाको सूचना रोक्नुपर्ने हुन्छ । त्यो भएको छैन । यसो हुँदा राणा र श्रेष्ठ बढुवाबाट रोकिनेछन् । साँघु साप्ताहिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...