राजपाले भाउ खोज्यो, सरकारले दिएन



काठमाडौं ।राष्ट्रिय जनता पार्टी र सत्तारुढ दलबीचको वार्ता अाज पनि कुनै सहमति विना सम्पन्न भएको छ। सरकारले चुनावमा आउन राजपालाई पुनः आग्रह गरेपनि राजपाका नेताहरुले भने हिजैकाे अडान दाहाेर्याउदै निर्वाचनमा सहभागी हुन नसक्ने धारणा राखे ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘उहाँहरुले हिजैको कुरा दोहोर्यउनु भयो।’

बैठकमा राजपाले शनिबारकै कुरा राख्दै निर्वाचनको मिति सारेर तत्काल संविधान संशोधन गरेपछि मात्र निर्वाचन जान सक्ने अडान दाहोर्याएका थिए।

त्यसको जवाफमा सत्तारुढ दलका नेताहरुले निर्वाचनको मिति पर सार्ने लगायतका माग तत्काल पूरा गर्न नसकिने अवस्थाबारे जानकारी दिँदै राजपालाई निर्वाचनमा सहभागी हुन पटक पटक आग्रह गरेका थिए।

‘हामीले अहिले दोस्रो चरणको निर्वाचन मिति सार्न सकिने अवस्था पनि छैन। संविधान संशोधन तत्कालको परिस्थितीमा संसदबाट पारित गराउन सक्ने अवस्था पनि छैन। फेल हुने अवस्थामा संशोधन विधेयक सदनमा लग्नु भन्दा निर्वाचन पछि मिलाएर पारित गरौंला भन्यो। तर उहाँहरु मान्नु भएको छैन,’ श्रेष्ठले भने।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन पहल गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी र राजपाका नेताहरुबीच अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता भएको थियो।

मधेसी मोर्चासँग भएको सहमति बमोजिम संविधान संशोधन, स्थानीय तहको सख्या बृद्धि लगायतका विषयमा संसदभित्रको अंकगणित तथा सर्वोच्च अदालतको आदेशका कारण तत्काल सम्भव नभएको भन्दै सरकारले निर्वाचन पछि उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

तर आफ्ना मागहरु विशेषगरी संविधान संशोधन तथा स्थानीय तहको संख्या बृद्धि गर्ने, नयाँ दल राजपालाई निर्वाचन आयोगमा दर्ता गरी नयाँ चुनाव चिन्ह दिने विषयको सम्बोधन नभएको भन्दै निर्वाचनमा सहभागी हुन नसक्ने धम्की दिँदै आएको छ।

सबैलाई समेटी दोस्रो चरणको निर्वाचन सफल बनाउने सरकार र सत्तापक्षको पहल स्वरुप आज बिहान राजपाका नेताहरुसँगको वार्तामा प्रधानमन्त्री देउवा, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र नीधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायत सहभागि थिए।

यसअघि शनिबार भएको वार्तामा राजपाले असार १४ गतेको निर्वाचन सार्ने प्रस्ताव सरकारले अस्विकार गरेपछि बैठक विना निश्कर्ष टुंगीएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्