सिंहदरबारमा राजपालाइ फकाउदै नेताहरु



काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले असन्तुष्ट राष्ट्रिय जनता पार्टीका नेताहरुसँग बैठक गरिरहेका छन्।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन पहल गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र राजपाका नेताहरुसँग अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता गरेका हुन्।

मधेसी मोर्चासँग भएको सहमति बमोजिम संविधान संशोधन, स्थानीय तहको सख्या बृद्धि लगायतका विषयमा संसदभित्रको अंकगणित तथा सर्वोच्च अदालतको आदेशका कारण तत्काल सम्भव नभएको भन्दै सरकारले निर्वाचन पछि उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

तर आफ्ना मागहरु विशेषगरी संविधान संशोधन तथा स्थानीय तहको संख्या बृद्धि गर्ने, नयाँ दल राजपालाई निर्वाचन आयोगमा दर्ता गरी नयाँ चुनाव चिन्ह दिने विषयको सम्बोधन नभएको भन्दै निर्वाचनमा सहभागी हुन नसक्ने धम्की दिँदै आएको छ।

सबैलाई समेटी दोस्रो चरणको निर्वाचन सफल बनाउने सरकार र सत्तापक्षको पहल स्वरुप आज बिहान राजपाका नेताहरुसँग प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुले राजपाका नेतासँग छलफल गरेका हुन्।

यसअघि शनिबार भएको वार्तामा राजपाले असार १४ गतेको निर्वाचन सार्ने प्रस्ताव सरकारले अस्विकार गरेपछि बैठक विना निश्कर्ष टुंगीएको थियो।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम