भरतपुर महानगरको सुनुवाइ आज, पुनः मतदान हुने सम्भावना



हाम्रो इकोनोमि

काठमाडौँ । सर्वाधिक चासोका रुपमा रहेको भरतपुर महानगरपालिकाको वडा नम्वर १९ मा फेरि चुनाव हुने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज आइतबार सुनुवाई हुँदैछ ।

मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि विवाद उत्पन्न भएको थियो । च्यातिएका मतपत्र रद्द गरेर मतगणना गर्नुपर्ने व्यवहारिक सिद्धान्तविपरीत निर्वाचन आयोगले फेरि निर्वाचन गर्ने निर्णय गरेको थियो । एमालेको तीव्र विरोधका बावजुद निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

तर निर्णय बदर गर्न माग गर्दै भरतपुर महानगर १९ का एमाले सदस्य उम्मेद्वार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले गत हप्ता सर्वोच्चमा रिट दर्ता गराएका थिए । यसअघि सर्वोच्चले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वाच्च स्रोतका अनुसार पुनः मतदान हुने सम्भावना प्रबल छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...