कसरी हुँदै छ मन्त्रालय भागबन्डा ?



हाम्रो इकोनोमि

काठमाडौँ । सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन् । ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन । नयाँ पत्रिकाले समाचार छापेको छ ।

खासगरी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सहरी विकासलगायतका विकासे मन्त्रालयमा दुवै दलले दाबी छाडेका छैनन् । माओवादीले विगतमा कांग्रेसले लिएको मन्त्रालय आफूलाई दिनुपर्ने र माओवादीले लिएका मन्त्रालय कांग्रेसलाई दिने गरी मन्त्रालय भागबन्डा लगाउन चाहेको थियो । तर, सहमति नजुटेपछि भागबन्डामा दुवै पक्षलाई ‘विन–विन’ हुने गरी सहमतिको खोजी भइरहेको माओवादीका एक नेताले जानकारी दिए ।

कार्यदलले टुंग्याइसकेका मन्त्रालयमा पनि पुनः दाबी भएपछि कार्यदल प्रभावशाली बन्न सकेको छैन । ‘भौतिक पूर्वाधार मन्त्रालय कांग्रेसलाई दिन पहिले सहमत भइसकेको थियो, तर अहिले माओवादीले दाबी गर्न थालेको छ’ कार्यदलका एकजना सदस्यले भने ।

दुवै दलका दोस्रो तहका नेता सम्मिलित कार्यदलले दैनिकजसो बैठक गरे पनि ठोस सहमति जुटाउन नसकेपछि विषय अब शीर्ष तहमै पठाउने तयारी छ । ‘कार्यदलले लगभग टुंगो लगाइसकेको थियो, केही मन्त्रालयमा दुवै पक्षको दाबी आएपछि शीर्षमा छलफल गरेर अन्तिम टुंगो लगाउने भन्ने भएको छ,’ माओवादीका एक शीर्ष नेताले भने, ‘नेताहरूको कार्यव्यस्तताले टुंगो लगाउन ढिलाइ भइरहेको छ ।’

शीर्षको बैठक भने भागबन्डाकेन्द्रित भएर अझै केही दिन छलफल नहुने देखिएको छ । राजपालाई निर्वाचनमा ल्याउन पहल गर्नुपर्ने र माओवादी अध्यक्ष प्रचण्ड केही दिन राजधानीबाहिर रहने भएकाले पनि शीर्ष तहमा छलफल ढिलाइ हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...