इपिएस कोरिया शाखाको गल्तीले चार सय परीक्षार्थीको परीक्षा छुट्यो



हाम्रो इकोनोमि

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका चार परीक्षार्थीको परीक्षा छुटेका छन् ।

एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । केन्द्रमा ७ सय ५० परीक्षार्थी रहेकामा ४ सयको परीक्षा छुटेको हो ।

वैदेशिक रोजगार विभाग, इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले मानवसंशाधन कोरियासँगको सहमतिमा छुटेका परीक्षार्थीलाई यथाशक्य छिटो परीक्षा दिने व्यवस्था मिलाउन आवश्यक पहल भइरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले जेठ १९ गते परीक्षा केन्द्रको सूचना जारी गर्छौं भनेका थियौँ, तर १८ गते नै वेबसाइटमा राख्यौँ, परीक्षा केन्द्रको विवरण केही फरक परेपछि लगत्तै सच्यायौँ । तर परीक्षार्थीले पुरानै तालिका हेरेर गएछन् ।’

परीक्षामा ७५ हजार ५ सय ८० ले आवेदन दिएकामा शनिबार राजधानीको २६ वटा केन्द्रमा ३७ हजार बढीले भाषा परीक्षामा सहभागी भए । आइतबार पनि परीक्षा दिनेछन् । बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा भइरहेको छ ।

भाषा परीक्षामा सहभागीमध्ये १० हजार २ सय मात्र उत्तीर्ण हुनेछन् । जसमा कृषि क्षेत्रमा छ हजार २ सय र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७ सय ९६ महिला र ६५ हजार ७ सय ८४ पुरुषले आवेदन दिएका छन् ।

एकाउन्न हजार २ ुय २ ले कृषिमा र २४ हजार ३ ुय ७८ उत्पादनमा आवेदन दिएका छन् । परीक्षाका लागि कोरियाबाट परीक्षा सञ्चालक ५५ जनाको टोली आएको छ ।

यसैबीच इपिएस परीक्षा दिनका लागि गएका पिनाकल कलेज, लगनखेल सेन्टरबाट तीनजना, लिटिल एञ्जल कलेज सेन्टरबाट एकजना र एसियन कलेज खुमलटार सेन्टरबाट एक–एक गरी पाँच नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...