७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य



हाम्रो इकोनोमि

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको उच्च वृद्धिदरलाई आधार मानेर आगामी आवमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको स्पष्ट गरेको छ ।

सोमबार सार्वजनिक भएको बजेटबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले लक्षित वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय तहमा विस्तार हुने आर्थिक गतिविधिबाट त्यसमा केही भरथेग हुने बताए ।

उनले भने, भूकम्पपछिको पुनःनिर्माणले तीव्र गति लिने, राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका साथै कृषि क्षेत्रका कार्यक्रमको कार्यान्वयन, ऊर्जा क्षेत्रमा दिइएको प्राथमिकताले उद्योग र सेवा क्षेत्रमा हुने विस्तार एवम् यातायात सञ्जाल विस्तारले आर्थिक क्रियाकलापमा बढोत्तरी भई ७।२ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अपेक्षा हो ।

विकास–निर्माण, रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा बजेट केन्द्रित रहेको बताउँदै उनले त्यसले अर्थतन्त्रलाई अझ गतिशील बनाउँदै आर्थिक परिसूचकमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

सन् २०३० सम्ममा मुलुकलाई मध्यम आययुक्त देशका रुपमा स्तरोन्नति गर्नुपर्ने भएकाले बजेटको आकार केही ठूलो भएको स्वीकार गर्दै उनले दिगो विकासका लक्ष्य प्राप्ति र १४औँ योजनाले परिलक्षित कार्यक्रमको कार्यान्वयनका निम्ति प्रस्तुत बजेटलाई ठूलो आकारको भन्न नमिल्ने बताए ।

अर्थमन्त्री महराले बजेटमार्फत न्यायोचित वैज्ञानिक रुपमा वित्तीय हस्तान्तरण गरिएको बताए । उनले स्थानीय तहमा पठाएको रकमलाई दुरुपयोग हुन नदिन नियमन कार्यलाई सबल बनाइने र जनताले पनि निरन्तर जनप्रतिनिधिको निगरानी गर्ने हुनाले बजेट दुरुपयोग नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ...

प्रदेश मन्त्रीलाई थुन्ने, मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीको चेतावनी

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय...

संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...