समाचार

राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनुगमन गरेका छन् । राहदानी लिन लामो लाइन बस्नुपरेको गुनासो आएपछि गृहमन्त्री त्रिपुरेश्वर पुगेर अनुगमन गरेका हुन् । उनले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।