नेप्से ५९ अंकले वृद्धि, ४ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

दुई दिन यता लगानीकर्ताको आत्मविश्वास निकै बढेको देखिएको छ । सोमबार गठन भएको सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । मन्त्रिपरिषदको पहिलो बैठकनै समग्र अर्थतन्त्र, ब्याजदर, पूँजीबजारमा केन्द्रित भयो । यसले सेयर बजारमा रौनकता थपियो ।

सोमबार ५६ अंकले बढेको बजार मंगलबार ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा अडिएको छ । मंगलबार ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै वृद्धि भएको छ ।

यस दिन ३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । २६१ कम्पनीको १ करोड २० लाख कित्ता सेयर कारोबार भएको छ । आजको कारोबारमा २० करोड ९४ लाख रुपैयाँसहित लक्ष्मी बैंक अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रोमा नेपाल टेलिकम र र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् ।

शेयर बजारमा नयाँ सरकार गठन भएसँग सकारात्मक संकेत देखा परेको थियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित ८ जना मन्त्रीहरुले सपथ लिएका थिए । यसअघि अर्थमन्त्री बनेर प्रशंसा कमाएका विष्णु पौडेलले पुनः अर्थमन्त्रीको सपथ लिएपछि सोमबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको थियो । आज त्यसकै निरन्तरता भएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...